क्यानको महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त – Nepal Press

क्यानको महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त भएका छन् ।

क्यानले ९ जनाको अन्तिम सूचीबाट खनाललाई छनोट गरेको हो । उनीहरूको गत मार्च २७ तारिखमा अन्तर्वार्ता लिइएको थियो ।

खनालले अप्रिल १६ बाट जिम्मेवारी सम्हाल्ने छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूमा काम गरेको अनुभव रहेको क्यानले जनाएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले खनाललाई डिसेम्बर ३१ तारिखसम्मका लागि नियुक्त गरिएको बताए । ‘त्यसपछि काम सन्तोषजनक रह्यो भने सम्झौता नवीकरण हुन सक्छ’, उनले भने ।

यसअघि रौनक मल्लले एक वर्ष क्यानको महाप्रबन्धक सम्हालेका थिए । मल्लसँगको करार क्यानले नवीकरण गरेको थिएन ।

कार्यवाहक सचिव मल्लले खनाललाई दिइने मासिक तलबबारे बताउन चाहेनन् । तर भने, ‘मल्ललाई मासिक १ लाख १० हजार रुपैयाँ दिइएको थियो । खनाललाई उनको भन्दा बढी दिइएको छ ।’

क्यानले गत फेब्रुअरी १ मा महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको थियो । ३४ जनाले आवेदन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *