माओवादीका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश – Nepal Press

माओवादीका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष खड्गबहादुर कार्की एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र ओखलढुंगाका प्रभावशाली नेताका रूपमा रहेका कार्की सहित चम्पादेवीमा एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

२०४९ सालको स्थानीय निकायको निर्वाचनमा साबिक फूलबारी गाविसका उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट विजयी भएका कार्की विकास प्रेमी नेताका रूपमा परिचित छन् ।

उनी एमाले प्रवेश गरेसँगै यो पटक कांग्रेसले आफ्नो विरासतका रूपमा लिएको चम्पादेवीमा एमालेको जित सुनिश्चित भएको एमाले नेताहरूले बताउने गरेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेर १९३९ मत प्राप्त गरेका कार्कीलाई नेकपा एमालेका नेताहरूले स्वागत गरेका थिए ।

चम्पादेवीमा नेकपा विभाजन पछिको समयमा माओवादी केन्द्रबाट निर्वाचित वडा नं ६ का वडा अध्यक्ष सहित ठूलो संख्यामा पूर्व माओवादीहरू कित्ता क्लियर गर्दै एमालेमा लागेका थिए ।


प्रतिक्रिया

One thought on “माओवादीका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर