नेपाल बैंकका ग्राहकलाई नयाँ वर्षमा बिशेष अफर: दराज मार्फत खरिद गर्दा १५ प्रतिशत छुट – Nepal Press

नेपाल बैंकका ग्राहकलाई नयाँ वर्षमा बिशेष अफर: दराज मार्फत खरिद गर्दा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यो योजना २०७८ चैत्र २८ देखि लागू हुनेछ । आज भएको सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक श्री आँचल कुँवरले हस्ताक्षर गरेका छन् ।

नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो । नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा १,००० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा १,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नु पर्दछ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन समेत आग्रह गरेकोछ ।

नेपाल बैंकले निरन्तर नविनतामा जोड दिँदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउन समर्पित छ । सम्झौता समारोहमा बोल्दै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले यस्ता डिजिटल सेवाहरू बढाएर र नयाँ प्राविधिक आविष्कारहरू सँग अनुकूलन गरेर नेपालको सम्पूर्ण बैंकिङ्ग उद्योगलाई नयाँ आकार दिन सकिने बिचार व्यक्त गरे । दराजकी प्रबन्ध निर्देशक श्री आँचल कुवँरले नेपालको पहिलो तथा सबल बैंकसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर