नेपालविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पीएनजीद्वारा क्लिन स्वीप – Nepal Press

नेपालविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पीएनजीद्वारा क्लिन स्वीप

काठमाडौं । नेपाललाई तीन विकेटले पराजित गर्दै पपुवा न्यूगिनि (पीएनजी) ले एकदिवशीय सिरिज क्लिन स्वीप गरेको छ ।

घरेलु मैदानमा भएका दुबै खेलमा नेपाल पराजित भयो । पहिलो खेलमा पीएनजीले नेपाललाई ६ रनले हराएको पीएनजीले दोस्रो खेलमा तीन विकेटको जित निकाले को हो ।

नेपालका लागि मध्य क्रमका ब्याटर दिपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेलेपनि वलिङमा राम्रो प्रदर्शन नहुँदा नेपाल पराजित हुन पुग्यो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर २ सय ८३ रन बनाउँदै पूरा पर्यो ।

पीएनजीका लागि ओपनर लेगा सिआका र सेसे बाउले १ सय १० रनको उत्कृष्ट साझेदारी गर्दै टिमका लागि जितको आधार तयार गरे । सिआका १ सय २ बल खेल्दै पीएनजीका लागि सर्वाधिक ९० रन बनाएर आउट भए । सेसे बाउले ३८ रनको योगदान गरे ।

कप्तान आसाद भाला पहिलो बलमा आउट हुँदा चाल्र्स अमिनि ३५ रनमा पभेलियन फर्किएका थिए । हिरि हिरी १३ रन, नोरमान भानुवा ११ रनमा आउट हुँदा रिले हेकुरे ४८ र चाड सोपेरले १६ रन बनाएर अविजित रहँदै उत्कृष्ट फिनिस गरे ।

नेपालको वलिङमा सोमपाल कामीले ९ ओभरमा एक मेडन सहित ३८ रन खर्चेर सबैभन्दा धेरै तीन विकेट लिए ।

पवन सर्राफले दुई तथा कप्तान सन्दीप लामिछानले १० ओभरमा ५४ रन खर्चेर एकमात्र विकेट लिए । एस्तै, आरिफ शेखले एक विकेट लिए ।

यसअघि, तेस्रो ओभरमा दुवै ओपनर गुमाएको नेपालका लागि दीपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै चुनौतीपूर्ण स्कोर बनाएका थिए । दीपेन्द्र र देवले नेपालका लागि ओडीआईमा हालसम्मकै उच्च साझेदारी गरेका थिए । उनले देवसँग तेस्रो विकेटका लागि १ सय २९ रनको साझेदारी गरे । दीपेन्द्र १ सय ४० बलमा नेपालका लागि सर्वाधिक १ सय ५ रन बनाएर आउट भए ।

देव खनाल ८६ बल खेल्दै ७२ रन बनाएर पभेलिएन फर्किए । यस्तै, रोहित पौडेल ३५ रन बनाए । भीम सार्की २६ बनाएर पभेलियन फर्किएपछि लगातार विकेट गुमाएको नेपालका लागि कप्तान सन्दीप लामिछाने क्रिजमा आएर उत्कृष्ट फिनिस गरे । उनले ९ बलमा २ चौका र १ छक्कासहित २४ रनको इनिङ खेल्दै अविजित रहे ।

पीएनजीको बलिङमा एली नावोले सर्वाधिक तीन विकेट लिए । नोरमान भानुवा दुई तथा चाड सोपेर र चाल्र्स अमिनिले समान एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *