पोखरीमा डुबेर दुईजनाको मृत्यु – Nepal Press

पोखरीमा डुबेर दुईजनाको मृत्यु

महोत्तरी । महोत्तरीका छुट्टाछुट्टै स्थानमा रहेका दुई पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुरको डुवेर मृत्यु भएको हाे ।

पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरेका भए पनि उचारकालागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।

यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

होली खेलेर शनिवार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका उनि  पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर