संसद अधिवेशन अन्त्यः सरकारको नियतमाथि एमालेको शंका, आज संसदीय दलको बैठक बस्दै – Nepal Press

संसद अधिवेशन अन्त्यः सरकारको नियतमाथि एमालेको शंका, आज संसदीय दलको बैठक बस्दै

प्रधानन्यायाधीशमाथिको महाअभियोग लम्ब्याउन खोजेको हुनसक्ने

काठमाडौं । सरकारले हठात् संघीय संसदको दुवै अधिवेशन अन्त्य गरेको भोलिपल्ट अर्थात् आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदतमा दर्ता भएको महाअभियोगलाई लम्ब्याउने ‘प्रपन्च’स्वरुप संसद अधिवेशन अन्त्य गरिएको शंका भएपछि त्यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

‘सरकारको नियतमाथि शंका देखिएको छ’, नेम्वाङले भने, ‘यसरी हठात् संसद अधिवेशन अन्त्य गर्नुका पछाडिको कारण खतरनाक हुनसक्छ । त्यसबारे छलफल गर्न र निर्णय लिन दलको बैठक बोलाइएको हो ।’

उनका अनुसार बैठक तीन बजे संसदीय दलको कार्यालयमा बस्नेछ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् ।

यसअघि चैत दुई गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान भएको थियो ।

गत माघ १६ गते राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर