जसपाले बनायो तीन नेता सम्मिलित हेडक्वार्टर – Nepal Press

जसपाले बनायो तीन नेता सम्मिलित हेडक्वार्टर

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ ।

आज बसेको पार्टी केन्द्रीय समिति बैठकले हेडक्वार्टर गठन गरेको हो ।

एक नेताका अनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई हेडक्वार्टरमा रहनेछन् ।

कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्ने जनाइएको छ ।

हेडक्वार्टरले गरेको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले पारित गर्नुपर्ने प्रावधान राखिएको छ ।

जसपाको विधान अधिवेशन १ र २ असारमा गर्ने निर्णय पनि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर