जागिरको लोभ देखाएर ५ हजारसम्म असुली, ९ वटा ‘जब सेन्टर’ का सञ्चालक पक्राउ – Nepal Press

जागिरको लोभ देखाएर ५ हजारसम्म असुली, ९ वटा ‘जब सेन्टर’ का सञ्चालक पक्राउ

काठमाडौं । जागिर दिने बहानामा फाराम भराउँदै पैसा असुल्ने विभिन्न ९ वटा जब सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले आइतबार ती जब सेन्टरहरूमा एकसाथ छापा मारेको थियो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार ती जब सेन्टरहरूले जागिर लगाइदिने भन्दै फाराम भराउने, केही दिनको ट्रेनिङसमेत दिने तर त्यसपछि वास्तै नगर्ने गरेको पाइएको छ ।

‘जाहेरी आउनेक्रम जारी रहेकाले हामी भरेसम्म जब सेन्टरका नाम र सञ्चालकहरूको नाम उपलब्ध गराउछौँ’, महाशाखा प्रवक्ता कृष्ण कोइरालाले भने ।

जागिर चाहिएमा सम्पर्क गर्नू भन्दै विज्ञापन गर्ने र विभिन्न बहानामा पैसा असुलेर बेवास्ता गर्ने गरेको अनुसन्धान अधिकारी बताउँछन् । कोटेश्वर, बानेश्वरलगायत ठाउँमा खुलेका जब सेन्टरहरूमा प्रहरीले छापा मारेको थियो ।

‘गाउँबाट आएका सोझा साझालाई जागिर दिने बहानामा ठगी गरेको पाइयो’, ती अनुसन्धान अधिकृतले भने ।

ती प्रहरी अधिकारीका अनुसार प्रतिव्यक्ति ५ सयदेखि ५ हजार रूपैयाँसम्म ठगिएको पाइएको छ।

उनले एउटा जब सेन्टरले त्यसरी काम गरेर मासिक १०/१५ लाख रूपैयाँ कमाउने गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर