भारतमा सुन तस्करी गर्न नेपाल ‘ट्रान्जिट’, एक किलो सुनसहित बंगलादेशी नागरिक पक्राउ – Nepal Press

भारतमा सुन तस्करी गर्न नेपाल ‘ट्रान्जिट’, एक किलो सुनसहित बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । गिरोहले विदेशी नागरिकलाई भरिया बनाएर नेपाल हुँदै भारततर्फ सुन तस्करी गर्न थालेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलोग्राम सुनसहित बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका मोहम्मद तफिक उल्लाहले भारतीय नागरिकिले आफुलाई सुन ल्याउन लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुन लिन आएका भारतीय नागरिक पारस नाथ शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उल्लाह आइतबार हिमालयन एयरलाइन्सबाट दुबईबाट काठमाडौं आएका थिए । उनको साथबाट प्रहरीले ९ सय ३६ ग्राम सुन बरामद गरेको छ ।

प्रहरीका अनुसार उल्लाहले कम्मरको भागमा फल्स बटम बनाएर मेटल डिकेक्टरले समेत पहिचान गर्न नसक्ने गरि सुन ल्याएका थिए ।

यसअघि गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक केजीभन्दा बढी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका थिए । उनी पनि दुबईबाट काठमाडौं ओर्लिएका थिए ।

पछिल्लो भारतीय नागरिकहरु नेपालको बाटो भएर सुन तस्करीमा सक्रिय रहेको विभिन्न घटनाबाट देखिएको थियो । नेपाली र भारतीयमाथी बढी निगरानी भएपछि गिरोहले अन्य देशका नागरिकलाई सुन बोकाएर ल्याउन थालेको अनुसन्धानहरुबाट देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर