ललितपुरमा स्कुटरलाई ठक्कर दिएर भागेको भारतीय नम्बरको गाडी काठमाडौंबाट नियन्त्रणमा – Nepal Press

ललितपुरमा स्कुटरलाई ठक्कर दिएर भागेको भारतीय नम्बरको गाडी काठमाडौंबाट नियन्त्रणमा

काठमाडौं । ललितपुरको धोबिघाटमा सोमबार राती स्कुटरलाई ठक्कर दिएर भागेको भारतीय नम्बर प्लेटको गाडी काठमाडौंको कीर्तिपुरमा फेला परेको छ ।

प्रहरीले चालकसहित उक्त गाडीलाई नियन्त्रणमा लिएको हो । राती ११ बजे ठक्कर दिएर बीआर ०५ एएन ५९२० नम्बरको गाडी चालक भारतको बिहार घर भएका २८ वर्षीय जोबैर अहमदसहित फेला परेको हो ।

उक्त गाडीले ठक्कर दिएको स्कुटरका चालकको अवस्था चिन्ताजनक रहेको ललितपुर प्रहरी परिसर प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर