प्रधानन्यायाधीशविरुद्धको आन्दोलन फेरि सुरु – Nepal Press

प्रधानन्यायाधीशविरुद्धको आन्दोलन फेरि सुरु

काठमाडौं । नेपाल बार एशोशिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आन्दोलन फेरि सुरु गर्ने भएको छ । बारले कोरोना महामारीका कारण स्थागित भएको आन्दोलन आजदेखि फेरि सुरु गर्ने जनाएको छ ।

बारका अनुसार आज ११ बजे सर्वोच्च अदालत परिसरमा भेला भएर राणाविरुद्ध प्रदर्शन गर्नेछ ।

प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै नेपाल बारले आन्दोलन थालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर