कर्णालीमा पहिलो पटक गैरसरकारी विधेयक प्रदेशसभामा टेबुल – Nepal Press

कर्णालीमा पहिलो पटक गैरसरकारी विधेयक प्रदेशसभामा टेबुल

सुर्खेत । कर्णाली प्रदेशसभामा पहिलो पटक गैरसरकारी विधेयक टेबुल भएको छ । प्रदेशको जारी अधिवेशनमा जुम्लाका सांसद नरेश भण्डारीले गैरसरकारी विधेयक टेबुल गराएका हुन् ।

पूर्वमन्त्री समेत रहेका भण्डारीले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८ टेबुल गर्दै आफ्नै मौलिक भाषा, सभ्यताको जगर्ना गर्न यो कानून अपरिहार्य भएको बताए ।

विधेयक टेबुल गर्दै उनले विदेशी भाषा सभ्यता र संस्कृतिले अतिक्रमण गर्दापनि नेपालको मुल सभ्यता सिंजा सभ्यताका बारेमा अध्ययन मात्रै भइरहेको उनले बताए ।

‘भाषा, सभ्यता र संस्कृतिको बिनासले सम्बन्धित सामाजिक संरचनाको विघटन हुने वास्तविकतालाई हृदयंगम गरेर भाषा, सभ्यता र संस्कृतिको संरक्षण र विकासका लागि विशेष कानुन र संरचना निर्माणका लागि यो विधेयक ल्याइएको छ’, सभामा उनले भने ।

विधेयकमा मुख्यमन्त्रीको अध्यक्षमा नीति निर्माण गर्ने सर्वोच्च निकाय – सिंजा सभ्यता संरक्षण तथा विकास सभा, कार्यान्वयन निकाय – सिंजा सभ्यता संरक्षण तथा विकास प्राधिकरण र कार्यकारी परिषद्को व्यवस्था गरिएको छ ।

यस्तै उपाध्यक्ष, कार्यकारी निर्देशक र कर्मचारी प्रदेश सरकारले उपलब्ध गराउने र विधेयकको कार्यान्वयनबाट आर्थिक व्ययभार पर्ने प्रावधान राखिएको छ ।

कर्णाली प्रदेशबासीको सुख, समृद्धि र गौरबको आधार सिंजा सभ्यताको संरक्षण र विकासका लागि विधेयक ल्याइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *