धान चोर पक्राउ – Nepal Press

धान चोर पक्राउ

काठमाडौं । प्रहरीले धान चोरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया राजापुर ९ का खुशिराम थारु रहेका छन् ।

उनले राजापुर ८ धोबिनपुरमा रामप्रसाद गौतमको मिलबाट धान चोरेको प्रहरीले जनाएको छ ।

गौतमले सञ्चालन गरेको प्रमिता सप्लायर्सबाट ३ क्विन्टल ८८ किलो धान चोरेर सोही ठाउँमा रहेको शुभमाता ट्रेडर्समा बिक्री गरेको खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर