श्रृङ्खलावद्ध ठगीमा संलग्न रहेको आरोपमा पोख्रेल पक्राउ – Nepal Press

श्रृङ्खलावद्ध ठगीमा संलग्न रहेको आरोपमा पोख्रेल पक्राउ

कपिलवस्तु । आफूलाई विभिन्न फार्मको सञ्चालक बताउँदै ठगी गर्दै आएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान तोरवाङ—६ स्थायी घर भई हाल झिमरुक गाऊँपालिका वडा नं ६ तोरवाङबस्ने ईश्वरी प्रसाद पोख्रेल रहेका छन् ।

उनले विभिन्न कम्पनी र फर्मको सञ्चालक हुँ भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले भेडीगोठ बाख्रा फार्म, कामधेनुगाई फार्म, प्रिसा पशुपन्छी तथा कृषि फर्म, प्रिंस कन्ट्रक्सन गौमुखी फिड ईन्डष्ट्रिज कपिलवस्तुको सञ्चालक बताउँदै ठगी गर्दै आएका थिए ।

उनलाई जिल्लाको शिवराज नगरपालिका-५ स्थित चेक प्वाइन्टमा वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको प्रहरीटोलीले बाग्मती प्रदेश ०१-०२६ च ४००१ नम्बरको कार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले कपिलवस्तु नगरपालिका—१ मालटोलस्थित केजिएन मार्ट पसलमा २०७८ आसार १८ गते ५० हजार बराबरको किराना र कस्मेटिक लगायतको समान किनी आफू कपिलवस्तु बिजयनगर गाउँपालिका-४ अन्तर्गत रहेको गौमुखी फीड ईण्डष्ट्रीज एण्ड ट्रेडलिंकको प्रोपाईटर भनी उक्त सामान खरिद गरे वापत दिनु पर्ने रकम माछापुच्छ्रे बैंकबाट भुक्तानी पाउने गरी चेक दिई गएकोमा सो चेक माछापुच्छ्रे बैंक तौलिहवा शाखामा क्लियरिङ गराउँदा निजको खातामा रकम नभएको पाईएपछि ठगी मुद्दा दर्ता भई अनुसन्धान भएको थियो ।

उनीमाथि यस अघिसमेत विभिन्न मितिमा सार्वजनिक ऐन अन्तर्गतको मुद्दा, ठगी एवं बैंकिङ कसूरजन्य मुद्दा दर्ता भई अनुसन्धान भएको थियो ।

साथै अनुसन्धानको क्रममा उनले विभिन्न मितिमा दाङ राप्ती गाउँपालिका-२ मा साइन्स कलेज स्थापना गर्ने भनि करिब १ करोड भन्दा बढी रुपैयाँ, कैलालीको धनगढीस्थित मेडिकल कलेज खोल्ने भन्दै लाखौँ रकम लिई ठगी गरेको खुल्न आएको छ ।

उनी पर्सा वीरगञ्जस्थित जगदम्बा सेल्स ट्रेडिङ प्रालिबाट ४७ लाख रुपैयाँ बाराबरको रडहरु, भैरहवाको शिद्धार्थ हार्डवेयरबाट २३ लाख रुपैयाँ बराबरको हार्डवेयर सामग्री, चितवन टाडीस्थित रिजाल फुड एण्ड विभरेज प्रालिबाट २८ लाख रुपैयाँ बराबरको सामान, नवलपरासीस्थित समृद्धि स्टिल कम्पनीबाट २५ लाख बराबरको सामानहरु ठगी गरि फरार रहेका थिए ।

यस्तै प्युठान सिमेन्ट कारखानाबाट २० लाख रुपैयाँ बराबरको सामान, गोल्छा अर्गनाईजेसनबाट ३० लाख रुपैयाँ बराबरको सामग्रीहरू र काठमाडौं टेकुस्थित निर्मणी मेशिनरी सप्लायर्शबाट १ लाख २७ हजार रुपैयाँ बराबरको विभिन्न मेसिनरी सामानहरू लिई सबै ठाउँमा विभिन्न बैंकको खाताबाट भुक्तानी हुने गरी रकम नभएको चेक दिएर फरार रहेका थिए ।

उनले आफू सञ्चालक रहेको बताएका कम्पनीहरु भौतिक रुपमा स्थापना नै नभएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर