साढे सात किलो लागूऔषध चरेससहित दुईजना पक्राउ – Nepal Press

साढे सात किलो लागूऔषध चरेससहित दुईजना पक्राउ

दाङ । प्रहरीले साढे सात किलो लागूऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व भूमे गाउँपालिका–९ चुनबाङका दलबहादुर कामी र कर्णबहादुर पुन रहेका छन् ।

दलबहादुर अहिले घोराही १४ बसपार्कमा डेरा गरी बस्दै आएका थिए । उनको कोठाबाट सात किलो ७७९ ग्राम लागूऔषध चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार विशेष सूचनाका आधारमा खोजतलास गर्दा आइतबार राति ११ बजे उक्त परिमाणको चरेस बरामद गरिएको हो ।

यस्तै घोराही १८ गिठेपानी बस्दै आएका पुनलाई लागूऔषध कारोबार गर्ने गरेकाे आशंकामा फोनकल र सोधपुछका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर