उखुबारी हत्यामा संलग्न थप २ जना पक्राउ – Nepal Press

उखुबारी हत्यामा संलग्न थप २ जना पक्राउ

काठमाडौं । मोरङ उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नं ६ जिरोगौवा बस्ने १८ वर्षीय मोहमद हकिम रहेका छन्।

प्रहरीले उनीहरूलाई सुनसरीका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भुकुमार चौधरीको हत्या गरी खाल्डो खनी गाडेको कसूरमा शुक्रबार विराटनगरबाट पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथाम गाउँपालिका- ७ मा भेटिएको थियो । उखुबारीमा गाडिएको अवस्थामा माघ १३ र १४ गते उत्खनन् भएको थियो। बेपत्ता रहेका ६२ वर्षीय लिम्बुको बिहीबार ललितपुर महानगरपालिका- १२ ठेँचोमा गाडिएको अवस्थाको शव उत्खनन् भएको हो।

प्रहरीका अनुसार सुरूमा लिम्बु र त्यसपछि श्रेष्ठ र चौधरीको हत्या भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर