भारतमा कोरोना संक्रमण दर ओरालो, थप १००८ जना संक्रमितको मृत्यु – Nepal Press

भारतमा कोरोना संक्रमण दर ओरालो, थप १००८ जना संक्रमितको मृत्यु

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ७२ हजार ४३३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। बिहीबार केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २ लाख ५९ हजार १०७ जना संक्रमणमुक्त भएका । थप १००८ जनाले संक्रमणले ज्यान गुमाएका छन् ।

अहिले त्यहाँ १५ लाख ३३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ। यस अवधीमा ८७ हजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ । लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ ।

हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना निको भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर