प्रधानमन्त्री कप क्रिकेट : एपीएफको लगातार दोस्रो जित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको लगातार दोस्रो जित

काठमाडौं । लोकेश बमको अर्धसतकमा एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्तिथत त्रिवि क्रिकेट मैदनमा मंगलबार भएको खेलमा टस हारेर पहिलो बलिङ गरेको एपीएफलाई बागमतीले १ सय २६ रनको लक्ष्य दिएको थियो ।

बाग्मतीले दिएको लक्ष्य एपीएफले १८ ओभर चार बलमा मात्र तीन विकेट गुमाएर पुरा गर्यो ।

एपीएफका लागि लोकेश बमले २४ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ५० रन जोड्दै उत्कृष्ट इनिङ खेलेका थिए । आसिफ शेखले ५ बलमा १२ जोड्दा प्रदिप ऐरी ३६ र सन्दीप जोरा १५ रन जोडेर अविजित रहे । सुमित महर्जनले सात रन जोडे ।

बाग्मतीको वलिङमा रामनरेश गिरी, रिजन ढकाल र प्रतिश जिसीले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बाग्मतीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनको योगफल तयार गरेको थियो ।
बाग्मतीका लागि ओपनर इसान पाण्डे सर्वाधिक २९ र सुवास खकुरेल २१ रन बनाएर पेभेलियन फर्कीएका थिए । नन्दन यादव २४ रन र आदिल खना १९ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउँन सकेन ।

एपीएफको व्याटिङमा अविनास बोहोराले चार ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, कमल एरी २ तथा किशोर महतो र शरद भेषवाकरले समान १ विकेट लिए ।

प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा एपीएफले प्रदेश–२ लाई २४ रनले हराएको थियो ।

सोमबार भएको खेलमा बाग्मतीले लुम्बिनि प्रदेशलाई ४९ रनले हराएको थियो । समूह ‘ए’ र ‘बी’ मा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिता माघ ५ गतेसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर