भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित थपिए, नेपालमा उच्च जाेखिम – Nepal Press

भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित थपिए, नेपालमा उच्च जाेखिम

एजेन्सी । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।

भारतमा संक्रमितकाे संख्या उल्लेख्य बढेसँगै खुल्ला सीमा रहेकाे नेपाल पनि उच्च जाेखिममा परेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर