काजकिस्तानका राष्ट्रपतिद्धारा मन्त्रीपरिषद् विघटन गर्दै संकटकाल घोषणा : इन्धन मूल्यवृद्धि विरोधमा देशव्यापी प्रदर्शन चर्कियो – Nepal Press

काजकिस्तानका राष्ट्रपतिद्धारा मन्त्रीपरिषद् विघटन गर्दै संकटकाल घोषणा : इन्धन मूल्यवृद्धि विरोधमा देशव्यापी प्रदर्शन चर्कियो

नर-सुल्तान । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका छन् । तेलको मूल्यवृद्धिलाई लिएर देशव्यापी प्रदर्शन चर्किएपछि उनले आज मन्त्रीपरिषद् नै विघटन गरेका हुन् ।

इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन चर्किएसँगै उनले दुई साता लामो देशब्यापी संकटकाल समेत घोषणा गरेका हुन् । मूल्यवृद्धिको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेका थिए । राष्ट्रपति तोकायेभले देशको सवैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागु गरिएको घोषणा पनि गरेका छन् ।

संकटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीहरुको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्विकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेबारी सम्हाल्नेछन् ।

आन्दोलन दवाउनका लागि सरकारले मंगलबार अल्मातीमा अश्रुग्यास प्रहार गरेको थियो । सरकारले घोषणा गरेको संकटकाल यही जनवरी ५ देखि १९ सम्म कायम रहने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर