राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी – Nepal Press

राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट अघि सार्ने उम्मेदवारहरूबारे छलफल हुने बताइएको छ ।

एमालेको प्राय: सबै प्रदेश कमिटीले संभावित उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेका छन् । प्रदेशबाट आएका नामहरूउपर छलफल गरी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाइने एक नेताले बताए ।

राष्ट्रियसभाका १९ जना सदस्य रिक्त हुँदैछन् । रिक्त पदमा माघ १२ गते निर्वाचन तय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर