प्रचण्डको ‘समाजवादको नेपाली बाटो’ मा राम कार्कीको फरक मत, छलफलको लागि अनुमति बाँकी – Nepal Press

प्रचण्डको ‘समाजवादको नेपाली बाटो’ मा राम कार्कीको फरक मत, छलफलको लागि अनुमति बाँकी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सोमवारबाट शुरु भएको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज ‘एक्काइसौं शताव्दीमा समाजवादको नेपाली बाटो’ मा फरक मत राख्ने भएका छन् ।

माओवादीमा बौद्धिक नेताको छबी बनाएका कार्कीले आफ्नो फरक मतलाई महाधिवेशन प्रतिनिधिसम्म लैजान अनुमति समेत मागेका छन् । कार्कीले स्थायी कमिटी बैठकमै यसको संकेत गरेका थिए ।

अध्यक्ष प्रचण्डको राजनीतिक दस्तावेजले माओवादी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा समग्रतामा नेतृत्व दिन नसक्ने भन्दै कार्कीले आफ्नो लिखित फरक दस्तावेज प्रचण्डलाई बुझाएका छन् ।

अध्यक्ष प्रचण्डले कार्कीको फरक मत अध्ययनपछि पार्टीले छलफलमा लैजाने वा नलैजाने भन्ने निर्णय गर्ने जवाफ दिएको कार्की निकट स्रोतले जनाएको छ ।

कार्कीले आफ्नो फरक मत नभएर पूरक दस्तावेज भएको कतिपय महाधिवेशन प्रतिनिधिहरुलाई बताएका छन् । कार्कीले विशेषगरि विगतलाई हेर्ने दृष्टिकोण,अन्तर्राष्ट्रि परिस्थिति लगायत वैचारिक सैद्धान्तिक विषयमा फरक मत राखेका छन् ।

अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेजले माओवादी पार्टीलाई समग्रतामा नयाँ ढंगले रुपान्तरण गर्ने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर