माओवादीको बन्दसत्र सुरू (तस्बिरहरू) – Nepal Press

माओवादीको बन्दसत्र सुरू (तस्बिरहरू)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरू भएको हो ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओवादीका अनुसार बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।

महाधिवेशनले १५ पदाधिकारीसहित माओवादीको २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर