डेढ महिनापछि आज वागमती प्रदेशसभा बैठक – Nepal Press

डेढ महिनापछि आज वागमती प्रदेशसभा बैठक

काठमाडौं । वागमती प्रदेशको बैठक दिउँसो १ बजे बोलाइएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएपछि पहिलोपटक बैठक बस्न लागेको हो ।

गत कात्तिक २२ गते मुख्यमन्त्री पाण्डेले सपथ लिएपछि डेढ महिनापछि बैठक तय गरिएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । कार्यसूची तय गरेपछि दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर