मनोनयन धमाधम, मतदान भोलि बिहान ८ बजेदेखि – Nepal Press
कांग्रेस प्रदेश २ अधिवेशन

मनोनयन धमाधम, मतदान भोलि बिहान ८ बजेदेखि

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ अधिवेशनको निर्वाचन प्रक्रया सुरू भएको छ । आज दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने भए पनि मनोनयन प्रक्रिया सुरू भएपछि मात्र सार्वजनिक गरिएको छ ।

प्रदेश निर्वाचन अधिकृत प्रल्हाद गौतमले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ताको समय दिउँसो साढे १ बजेदेखि साढे ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

उम्मेदवारमाथि दाबी विरोधको लागि साढे ४ देखि ५ बजेसम्म, उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने समय साँझ ७ बजेका लागि निर्धारण गरिएको छ ।

मनोनयन पत्र फिर्ताको समय साँझ ८ बजेसम्म तोकिएको छ । राति १० बजे अन्तिम नामावली प्रकाशन हुने र भोलि बिहान ८ बजेदेखि मध्याह्न ४ बजेसम्म मतदानको तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर