कर्णालीका यी ६ जिल्लामा सधैँ अभाव हुन्छ खाद्यान्न अभाव – Nepal Press

कर्णालीका यी ६ जिल्लामा सधैँ अभाव हुन्छ खाद्यान्न अभाव

सुर्खेत । कर्णाली प्रदेशका छ वटा जिल्लाहरुमा हरेक वर्ष खाद्यान्नको अभाव बढ्दै गएको छ । प्रदेशका जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्ला जिल्लामा खाद्यान्न अभाव बढ्दै गएको हो ।

कालिकोटलाई बार्षिक १७ हजार ९६४ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । कालिकोटमा ११ हजार सातसय ७५ मेट्रिकटन मात्रै खाद्यान्न उत्पादन हुने गरेको छ ।

हुम्लालाई बार्षिक १० हजार ८ सय ५७ मेट्रिकटन खाद्यान्न आवश्यक पर्ने भएपनि दुईहजार पाँचसय ८४ मेट्रिकटन मात्र खाद्यान्न उत्पादन हने गरेको पाइएको हो ।

हुम्लाले हरेक वर्ष आठहजार दुईसय ७३ मेट्रिकटन खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको देखिएको हो ।

वार्षिक ११ हजार ७ सय १० मेट्रिकटन खाद्यान्न आवश्यक हुने मुगमा ६ हजार दुईसय ६६ मेट्रिकटन मात्रै उत्पादन हुन्छ । मुगुले पनि वार्षिक पाँच हजार चार सय ४४ मेट्रिकटन खाद्यान्न आयात गर्ने गरिएको छ ।

वार्षिक २२ हजार ६ सय ६८ मेट्रिकटन खाद्यान्न आवश्यकपर्ने जुम्लामा पनि १५ हजार ६ सय ३८ मेट्रिकटन मात्र उत्पादन हुन्छ भने जुम्लाले पनि बार्षिक सात हजार ३० मेट्रिकटन आयात गर्दै आएको छ ।

जाजरकोटले बार्षिक दुईहजार तीनसय ९७ र डोल्पालाई दुईहजार चार सय ८६ मेट्रिकटन खाद्यान्न अपुग हुन्छ । जाजरकोटमा २९ हजार एकसय ६७ र डोल्पामा ७ हजार ८ ०४ मेट्रिकटन खाद्यान्न आवश्यक पर्दछ ।

तर जाजरकोटले ३६ हजार सातसय ७० र डोल्पाले पाँच हजार तीनसय १७ मेट्रिकटन मात्र खाद्यान्न उत्पादन गर्दछन् । माग अनुसार खाद्यान्न उत्पादन नभएपछि कर्णालीका ६ जिल्लामा सधै खाद्यान्न अभाव हुँदै आएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर