चाक्सीवारी बैठक सकियोः प्रकाशमानको अड्डीपछि जुटेन सहमति – Nepal Press

चाक्सीवारी बैठक सकियोः प्रकाशमानको अड्डीपछि जुटेन सहमति

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समुहको चाक्सीवारीमा बसेको बैठक सकिएको छ । समूहबाट सभापतिका साझा उम्मेदवार तय गर्न बसेको बैठक निस्कर्षमा पुग्न सकेन ।

स्रोतका अनुसार बैठकमा अध्यक्षका आकांक्षी प्रकाशमान सिंहले आफू हुनै पनि हालतमा सभापतिको उम्मदवारीबाट ब्याक नहुने अड्डी लिएका थिए । अन्य तीन आकांक्षीहरु रामचन्द्र पौडेल, सशांक कोइराला र शेखर कोइराला मिलेर जानुपर्ने पक्षमा सहमत भए पनि सिंहको अडानका कारण सहमति नजुटेको स्रोतको भनाइ छ ।

‘अघिल्लो महाधिवेशनमा पनि आफूले त्याग गरेकाले यो महाधिवेशनमा आफू जसरी पनि सभापतिको उम्मेदवार बन्ने भन्दै सिंहले सहयोग माग्नुभयो,’ स्रोतले भन्यो ।

सिंहको अडानपछि संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय हुने कुरामा नै प्रश्नचिन्ह उत्पन्न भएको छ । वैठकले भोली बिहान ८ बजे अनुपम फुडल्याण्डमा अर्को बैठक बसेर निस्कर्ष निकाल्ने निर्णय गरेको नेता गुरुराज घिमिरेले पत्रकारहरुलाई जानकारी दिए ।


प्रतिक्रिया

One thought on “चाक्सीवारी बैठक सकियोः प्रकाशमानको अड्डीपछि जुटेन सहमति

  1. के प्रकाश मानवले मात्र अड्डी लिएको हो ? शेखरले छोड्न हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर