कांग्रेस महाधिवेशनका लागि भृकुटीमण्डमा तयार हुँदै मञ्च (तस्बिरहरू) – Nepal Press

कांग्रेस महाधिवेशनका लागि भृकुटीमण्डमा तयार हुँदै मञ्च (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको व्यवस्थापकीय तयारी तीब्र पारिएको छ । कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुँदैछ ।

मुलुक सङ्घीयतामा गएपछि कांग्रेसले पहिलोपटक वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न लागेको हो । सातमध्ये ६ वटा प्रदेशमा कांग्रेसको प्रदेश अधिवेशन सकिएको छ । प्रदेश २ मा भने महाधिवेशनपछि गर्ने गरी हाललाई अधिवेशन स्थगित गरिएको छ । महाधिवेशनका लागि प्रतिनिधि आउने क्रम सुरू भएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा मञ्च निर्माण धमाधम भइरहेको छ । कामदारहरू बिहानदेखि साँझसम्म मञ्च बनाउन व्यस्त छन् ।

कांग्रेसले १४औँ महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका स्थानमा होटलसमेत बुकिङ गरिसकेको बताएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर