राप्रपा महाधिवेशनः पशुपतिशमसेरले गरे मतदान – Nepal Press

राप्रपा महाधिवेशनः पशुपतिशमसेरले गरे मतदान

काठमाडौं । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भइरहेको चुनावमा नेता पशुपतिशमसेर राणाले मतदान गरेका छन् । यसअघि अध्यक्ष रहेका राणाले जारी अधिवेशनमा अध्यक्षका उम्मेदवार कमल थापालाई साथ दिएका छन् ।

निर्वाचनमा अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाको उम्मेदवारी छ ।

अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्दन भिडिरहेका छन् । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यका मतदान भइरहेको छ ।

मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको राप्रपाले जनाएको छ ।

अध्यक्षका लागि थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । थापालाई नेता राणा र लिङ्देनलाई नेता प्रकाशचन्द्र लोहनीको साथ छ । उपाध्यक्षमा विक्रम पाण्डे दुवै समूहमा परेका छन् ।

महामन्त्रीमा थापा प्यानलबाट कुन्ती शाही र लिङ्देन प्यानलमा परेकी नायिका रेखा थापाको प्रतिस्पर्धा चासोको विषय बनेको छ ।

महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर