तस्बिरमा हेर्नुहोस् चुनावी रौनक – Nepal Press
राप्रपा महाधिवेशन

तस्बिरमा हेर्नुहोस् चुनावी रौनक

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेका लागि तय भएको मतदान भर्खर सुरु भएको भएको हो ।

निर्वाचनमा अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्दनको उम्मेदवारी परेको छ । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यका लागि उम्मेदवारी परेको छ ।

साँझ ५ बजेसम्म मतदान हुने मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको राप्रपाले जनाएको छ ।

 

८६ वटा मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । एकजनालाई मतदान गर्न करिब १५ मिनेट लाग्ने अनुमान छ । मतदान सकिएपछि गणना हुनेछ । मतगणनाका लागि करिब दुई घण्टा लाग्ने राप्रपाले जनाएको छ ।

अध्यक्षका लागि थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । थापालाई नेता पशुपतिशमशेर राणा र लिङ्देनलाई नेता प्रकाशचन्द्र लोहनीको साथ छ । उपाध्यक्षमा विक्रम पाण्डे दुवै समूहमा परेका छन् ।

महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

तस्बिरः उमेश कार्की/गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर