नाटकबाट लैंगिक हिंसा र मानव बेचबिखन सम्बन्धि सचेतना जगाउँदै शक्ति समूह – Nepal Press

नाटकबाट लैंगिक हिंसा र मानव बेचबिखन सम्बन्धि सचेतना जगाउँदै शक्ति समूह

काठमाडौं । लैंगिक हिंसाबाट पीडितहरु कसरी मानव बेचबिखनको अवस्थामा पुग्न सक्छन् भन्ने जानकारी दिन शक्ति समूहले ‘कचहरी’ नाटक प्रदर्शन गरेको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा मनोरन्जन क्षेत्रमा कार्यतर श्रमिक महिलामाथि हुने दुर्व्यवहार सम्बन्धी कचहरी नाटक प्रदर्शन गरिएको हो ।

शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङको अध्यक्षतामा भएको कचहरी नाटक प्रदयर्शनमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ की कार्यवाहक वडाध्यक्ष सुमित्रा त्रिपाठी तथा मनोरन्जन क्षेत्रमा कार्यरत महिला तथा बेचविखन प्रभावितहरुको उपस्थिति थियो ।

लैंगिक हिस विरुद्धमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको शक्ति समूहले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर