कक्षा १२ को नतिजा प्रकाशित, सबैभन्दा धेरैले ल्याए ‘बी’ ग्रेड – Nepal Press

कक्षा १२ को नतिजा प्रकाशित, सबैभन्दा धेरैले ल्याए ‘बी’ ग्रेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिए ।

शर्माका अनुसार प्रकाशित नतिजा करिब एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

कोभिड महामारीका कारण दुईपटक स्थगित भएर संचालन भएको परीक्षामा ३ लाख ७५ हजार १५ परीक्षार्थी सामेल भएका थिए ।

प्रकाशित नतिजाअनुसार सबैभन्दा बढी परीक्षार्थी ‘बी’ ग्रेड ल्याएर पास भएका छन् । बी ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ रहेको परीक्षा बोर्डका प्रवक्ताले जानकारी दिए । परीक्षामा ७ हजार ६३ जना परीक्षार्थीले ए प्लस ग्रेड ल्याएका छन् ।

यस्तै, ४८ हजार २ सय ३९ परीक्षार्थीले ए, ७० हजार १ परीक्षार्थीले बी प्लस ग्रेड ल्याएका छन् । यसैगरी ७५ हजार ८८ परीक्षार्थीले सीप्लस, २४ हजार ५१५ परीक्षार्थीले सी, ३ हजार ८ सय ७५ परीक्षार्थीले डीप्लस, २९६ परीक्षार्थीले डी र १० हजार ७३ परीक्षार्थीले इ ग्रेड ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *