बारले भन्यो- कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् – Nepal Press

बारले भन्यो- कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस्

काठमाडौं । नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् । सर्वोच्चका न्यायाधीशहरूसँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले सो जानकारी दिएका हुन् ।

बारसँगको छलफलमा केही न्यायाधीशले जनताका मुद्दाको सुनुवाइ हुनुपर्ने भन्दै आफूहरु इजलासमा जाने बताएका थिए । तर, बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बार अध्यक्ष शाक्यले बारले वकिललाई बहस गर्न नदिने बताएका थिए ।

शाक्यले भने, ‘केही न्यायाधीशज्यूले बेन्च बस्नुपर्छ, जनताको मुद्दा हेर्नुपर्छ भन्नुभयो । बेन्चमा जाने उहाँहरूको कुरा हो बहस गर्ने कि नगर्ने हाम्रो कुरा हो । कामु प्रधानन्यायाधीशको टुंगो नलागेसम्म नेतृत्वविहीन न्यायपालिका हुन्छ । हामीले न्यायाधीशज्यूहरूलाई भनेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर