रेल्वे र एसिडका सहित निस्क्रिय ६ अध्यादेश राष्ट्रपतिबाट जारी – Nepal Press

रेल्वे र एसिडका सहित निस्क्रिय ६ अध्यादेश राष्ट्रपतिबाट जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक ६ वटा अध्यादेश जारी गरेकी छन् । संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार साँझ राष्ट्रपति भण्डारीले ती अध्यादेश जारी गरेकी हुन् ।

बुधबार जारी भएका अध्यादेशमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ रहेका छन् ।

यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ पनि जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव सागर आचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

६ वटै अध्यादेश अब राजपत्रमा प्रकाशित भएको दिनदेखि लागू हुनेछन् । यी अध्यादेश यसअघि केपी शर्मा ओलीको सरकारको पालामा जारी भए पनि संसदबाट पारित हुन नसक्दा निस्क्रिय बनेका थिए । अहिले फेरि संसद नरहेको बेलामा अध्यादेश जारी गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर