ओलीको अभिव्यक्तिलाई लिएर भारतीय मिडियामा चर्चा ! – Nepal Press

ओलीको अभिव्यक्तिलाई लिएर भारतीय मिडियामा चर्चा !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पुनः भारतीय संचारमाध्यमको हेडलाइन बनेका छन् ।

एमाले महाधिवेशनलाई सम्बोधन गर्दै उनले बोलेका कालापानी र लिम्पियाधुराबारेका अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकता दिँदै प्रकाशन, प्रसारण गरेका छन् ।

शुक्रबार महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले आफ्नो दल एमाले सरकारमा फर्किए भारतद्वारा अतिक्रमित कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई संवादको माध्यमबाट फिर्ता ल्याइने बताएका थिए ।

ओलीको यही अभिव्यक्तिलाई भारतीय मिडियाले चासोका साथ प्रकाशन र प्रसारण गरेका हु्न । द हिन्दू, फस्टपोस्टले ओलीको भनाइलाई प्रकाशित गरेका छन् ।

ओलीको भनाइलाई लिएर भारतीय मिडियाले दिल्लीस्थित नेपाली दूतावाससँग प्रतिक्रिया मागेका छन् । तर, दूतावासले चाहिँ यसबारे कुनै टिप्पणी गरेको छैन । भारतीय समाचार एजेन्सी एनीले समेत ओलीको अभिव्यक्तिलाई लिएर केही नेपाली अधिकारीहरुसँग प्रतिक्रिया मागेको छ ।

तर, नेपाली अधिकारीले चाहिँ ओली अहिले सरकारको अंग नभएकाले उनका अभिव्यक्तिलाई नेपालको आधिकारिक धारणाको रुपमा लिन नहुने एनीलाई बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर