क्यान अध्यक्ष चन्द बैतडी कांग्रेसको सभापतिमा निर्वाचित – Nepal Press

क्यान अध्यक्ष चन्द बैतडी कांग्रेसको सभापतिमा निर्वाचित

बैतडी । नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । अन्तिम मत परिणामअनुसार ८ सय ९ मत ल्याएर चन्द कांग्रेस बैतडीको सभापतिमा निर्वाचित भएका हुन्।

चन्द नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शिवराज भट्टले ४ सय ८९ मत प्राप्त गरेका छन्।

उपसभापतिमा शिवराज भट्ट प्यानलका वीरबहादुर विष्टबाहेक अरु सबै पदमा चन्द प्यानलका उम्मेदवार विजयी भएका हुन् । विष्टले ६५८ मत प्राप्त गरेर विजय हासिल गरेका छन् ।

उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । उपसभापतिमा प्रतिस्पर्धा गरेका चन्द प्यानलका रमेशदत्त पाण्डे (६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित भएका छन् ।

सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्दले ६४० र देवराज जोशीले ६३३ विजयी भएका छन् । भट्ट प्यानलका रमेशसिंह भण्डारी ५९५ र कर्णबहादुर बोहरा ५२९ मत ल्याएर पराजित भएका छन् ।

सहसचिवमा पनि चन्द प्यानलका दिपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन् । भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत ल्याएर पराजित भएका छन् ।

बैतडीमा १ हजार ४०९ मत रहेकोमा १ हजार ३४८ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर