वागमतीबाट एमाले केन्द्रीय सदस्यमा कैलाश ढुंगेलको उम्मेदवारी घोषणा – Nepal Press

वागमतीबाट एमाले केन्द्रीय सदस्यमा कैलाश ढुंगेलको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा भूगोलको क्लस्टरबाट पहिलो उम्मेदवारी कैलाश ढुंगेलले घोषणा गरेका छन् ।

एमाले केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज समेत रहेका ढुंगेलले वागमती प्रदेशबाट खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

नेपाल प्रेससँग कुरा गर्दै ढुंगेलले संकटको बेला पार्टी थेग्ने पंक्तिको साथ समर्थन र पार्टीका सबै मनोविज्ञानलाई समेटेर आफू वागमतीकै प्रतिनिधित्व गरेर केन्द्रीय सदस्य बन्न लागेको बताए ।

ढुंगेल वागमती प्रदेशका पूर्वअर्थमन्त्री हुन् । केपी ओली संस्थापक अध्यक्ष रहेको युवा संघका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका ढुंगेलले एमाले रामेछापको सचिव र अध्यक्ष भएर काम गरेका थिए ।

ढुंगेल २०५४ मा जिल्ला विकास समितिको सभापति थिए भने २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । रामेछाप एमालेका संस्थापक मानिने ढुंगेल जनस्तरमा लोकप्रिय मानिन्छन् ।

वागमतीबाट ४ खुला र २ महिला केन्द्रीय सदस्य निर्वाचित हुन पाउनेमा ढुंगेलले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर