अमेरिकी सहायक उपविदेशमन्त्री किडरलिङ पनि काठमाडौं आइपुगिन् – Nepal Press

अमेरिकी सहायक उपविदेशमन्त्री किडरलिङ पनि काठमाडौं आइपुगिन्

काठमाडौं । अमेरिकी सहायक उपविदेशमन्त्री केली किडरलिङ नेपाल भ्रमणको सिलसिलामा आज राजधानी काठमाडौंमा आइपुगेकी छिन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक अमेरिकी विदेशमन्त्री डोनाल्ड लू काठमाडौं ओर्लिएको एकदिनपछि किडरलिङ आइपुगेकी हुन् ।

यी अमेरिकी कूटनीतिज्ञलाई त्रिभुवन विमानस्थलमा अमेरिकी राजदूत र्‍यान्डी बेरीसहित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरे । किडरलिङले नेपालका राजनीतिक नेतृत्वसहित नागरिक समाजका प्रतिनिधिलाई समेत भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर