बारले भन्यो– प्रहरी हस्तक्षेप निन्दनीय, आन्दोलन थप सशक्त बनाउने – Nepal Press

बारले भन्यो– प्रहरी हस्तक्षेप निन्दनीय, आन्दोलन थप सशक्त बनाउने

काठमाडौं । नेपाल बार एशोसियसनले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै आन्दोलनरत वकिलहरुले आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भन्दै आन्दोलन सशक्त बनाउने घोषणा गरेको हो ।

पत्रकार सम्मेलन गरी बार एशोसियसनले आजको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपबाट अध्यक्ष चण्डेश्वर ढकाल र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकोप्रति आपत्ति जनाएको हो ।

न्यायालय शुद्धीकरणका लागि गरिएको आन्दोलनमाथि प्रहरीले दमन गरेको भन्दै बारका पदाधिकारी एवं सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर