अखिल साँझमा कलाकारको जमघट (तस्बिरहरू) – Nepal Press

अखिल साँझमा कलाकारको जमघट (तस्बिरहरू)

काठमाडौं । दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको अखिल शुभकामना साँझ सुरू भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अनेरास्ववियुले अखिल शुभकामना साँझ कार्यक्रम शुरु गरेको हो । कार्यक्रममा लोकप्रिय कलाकार प्रितम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहनेछ ।

कार्यक्रममा प्रमोद खरेल, मनोज गजुरेल, बद्री पङ्ज्ञेनी, अस्मिता अधिकारी, जितु नेपाल, शिशिर योगी, राजाराजेन्द्र पौडेल, पुरुषोत्तम भण्डारी, लक्ष्मण गाम्नागे, प्रिया भण्डारी, अमृत खाती, बैकुण्ठ दाहाल, अस्मिन घिमिरेलगायत कलाकार र स्रष्टाका प्रस्तुति हुनेछन् ।

पार्टी प्रवेशको कार्यक्रम सहभागी हुन नेपालगंज पुगेका एमाले अध्यक्ष ओली केहीबेरमा कार्यक्रमस्थल आइपुग्ने अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिए ।

तस्बिरहरू : उमेश कार्की ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर