बीजेपी प्रवक्ता शाष्त्री जनकपुरमा : दलित र मधेशी नेतासँग भेटघाट (भिडिओ) – Nepal Press

बीजेपी प्रवक्ता शाष्त्री जनकपुरमा : दलित र मधेशी नेतासँग भेटघाट (भिडिओ)

जनकपुरधाम । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीले दलितको समस्या भारतमा जस्तै नेपालमा पनि रहेको बताएका छन् ।

नेपाल भ्रमणका क्रममा आज जनकपुरधाम आइपुगका उनले यस्तो धारणा राखेका हुन् । सामाजिक र धार्मिक स्वरुप एउटै रहेकाले दलितहरुको समस्या पनि उस्तै रहेको उनले उल्लेख गरे । उनले भारतप्रति यहाँका सबैको बडो प्यार र स्नेह देखेको पनि बताए ।

उनले केहि नेतासँग भेटघाट भएपनि आफू राजनीतिक भ्रमणमा नआएको बताए । ‘सामाजिक र धार्मिक यात्रामा आएको हुँ’, उनले भने, ‘सामाजिक संगठन, केहि धार्मिक संगठनसँग पनि अन्तरक्रिया भएको छ । दलितको समस्या समाधान हुनुपर्छ ।’

काठमाडौंबाट विमानमार्फत जनकपुरधाम आएका उनलाई दलित अगुवाहरु र मधेसी दलका नेताहरुले स्वागत गरे । लोसपा नेता वृशेषचन्द्र लाल, प्रदेश २ का जसपा साँसद चमेलीदेवी दास, दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा लगायतले उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर