नेपालमा राजनीतिक हिंसाको सम्भावना : अमेरिका, लेभल-२ को ट्राभल एड्भाइजरी जारी – Nepal Press

नेपालमा राजनीतिक हिंसाको सम्भावना : अमेरिका, लेभल-२ को ट्राभल एड्भाइजरी जारी

काठमाडौं । कोभिड-१९ को जोखिम कायमै रहेको र राजनीतिक हिंसा पनि हुनसक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

अमेरिकी दूतावासले नोभेम्बर ८ मा लेभल-२ को ट्राभल एड्भाइजरी जारी गर्दै सतर्कता अपनाउन भनेको हो । यसअघि अमेरिकाले नेपालमा कोभिड संक्रमणको जोखिम कायम रहेको बताउने गरेपनि यसपटक भने राजनीतिक हिंसाको सम्भावना औंल्याएको हो ।

‘राजनीतिक प्रदर्शनहरु शान्तिपूर्ण हुने उद्देश्य राखिएपनि कहिलेकाहिँ उक्त प्रदर्शन हिंसामा रुपान्तरण हुनसक्छ’ अमेरिकी दूतावासद्वारा जारी ट्राभल एड्भाइजरीमा उल्लेख छ ।

अमेरिकी रोग नियन्त्रण तथा सुरक्षा केन्द्र (सीडीसी)ले नेपाललाई कोभिड संक्रमण जोखिमको हिसाबले लेभल-२ अर्थात जोखिमकै सूचीमा राखेकाले सतर्कता अपनाउन समेत अमेरिकाले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर