बिमस्टेकको भर्चुअल सम्मेलन पोस्टपोन्ड, श्रीलंकाले भौतिकरुपमै सम्मेलन गर्ने – Nepal Press

बिमस्टेकको भर्चुअल सम्मेलन पोस्टपोन्ड, श्रीलंकाले भौतिकरुपमै सम्मेलन गर्ने

कोलम्बो । आगामी डिसेम्बर ९ मा पूर्वनिर्धारित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को भर्चुअल सम्मेलन पोस्टपोन्ड भएको छ ।

पाँचौ सम्मेलनको आयोजक मुलुक श्रीलंकाले आइतबार भर्चुअल सम्मेलनलाई स्थगित गर्दै भौतिकरुपमै सम्मेलन आयोजना गर्ने जनाएको छ । तर, सम्मेलनको मिति चाहिँ तय भएको छैन ।

बिमस्टेकको पछिल्लो बैठक सन् २०१८ मा काठमाडौंमा भएको थियो । सन् १९९७ मा गठन भएको बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, थाइल्यान्ड र श्रीलंका सदस्य छन् ।

अध्यक्ष राष्ट्र श्रीलंकाले दोस्रोपटक बिमस्टेक बैठकलाई पोस्टपोन्ड गरेको हो । गत अप्रिलमा भर्चुअलरुपमा बसेको बिमस्टेक मुलुकका विदेशमन्त्रीहरुको बैठकले श्रीलंकामा सम्मेलन स्थल र एजेन्डा तय गरेको थियो ।

यातायात संजाल र सीमापार अपराधका मुद्दामा न्यायिक सहायता आदानप्रदानजस्ता मुद्दाहरु आगामी सम्मेलनलाई तय भैसकेका छन् । साथै, सामुन्द्रिक जहाजको आवागमन र सवारी साधन आवागमनजस्ता मुद्दामा पनि सदस्य राष्ट्रहरुले काम गरिरहेका छन् ।

पाकिस्तानसँगको तनावको कारण भारतले सार्कको समानान्तर संगठनको रुपमा बिमस्टेकलाई अघि सार्ने प्रयत्न गरिरहेको छ । यसैसाता सार्क अध्यक्ष मुलुक नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र सार्क महासचिवबीच संगठनलाई ब्युँताउने पहल गर्नेबारे छलफल भएको थियो ।

श्रीलंकापछि बिमस्टेकलाई थाइल्यान्डले आयोजना गर्ने तयारी भैरहेको छ । संगठनमा म्यानमारको सहभागितालाई लिएर बिमस्टेक अहिले अन्यौलमा छ । चर्को विरोध हुँदाहुँदै पनि अघिल्लो भर्चुअल सम्मेलनमा बिमस्टेक सम्मेलनमा म्यानमारको सैनिक सरकारका प्रतिनिधिले पनि भाग लिएका थिए ।

बिमस्टेक सम्मेलन भौतिकरुपमै हुने भएपछि अब नेपालबाट भौतिकरुपमै सरकार प्रमुखको उपस्थित हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर