एमाले महाधिवेशनका लागि म्याग्दीबाट ९ प्रतिनिधि चयन – Nepal Press

एमाले महाधिवेशनका लागि म्याग्दीबाट ९ प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठसहितका प्रतिनिधि चयन भएका हुन् ।

जिल्लाका नेताहरुबीच आपसी समझदारीमा प्रतिनिधि चयन भएको बताइएको छ । जसमा खुलातर्फ जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वसांसद नवराज शर्मा ,देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले चयन भएका छन् ।

महिलातर्फ गण्डकी सरकारकी पूर्वमन्त्री नरदेवी पुन, गाउँपालिका अध्यक्ष थमसरा पुन र दलितबाट पुष्कर विक तथा मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु चयन भएको एमाले म्याग्दीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर