सर्वोच्चमा कानून व्यवसायी र प्रहरी आमनेसामने (तस्बिरहरू) – Nepal Press

सर्वोच्चमा कानून व्यवसायी र प्रहरी आमनेसामने (तस्बिरहरू)

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिन पुगेका कानून व्यवसायी र प्रहरी सर्वोच्च अदालत परिसरमा आमनेसामने भएका छन् । आन्दोलित कानून व्यवसायीको समूहलाई प्रहरीले नियन्त्रण गर्न खोज्दा केहीबेर तनाव भएको थियो ।

कानून व्यवसायीहरू भित्र जान खोज्दा प्रहरीले रोकेका थिए । त्यसपछि दुई पक्षबीच विवाद र धकेलाधकेल भएको थियो ।

सर्वोच्चमा धर्ना दिन वकिलहरू पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनमा घुसपैठ हुनसक्ने आशंकामा बाक्लोरूपमा प्रहरी परिचालन गरिएको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर