योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाइ १९ करोड ऋण झिकियो – Nepal Press

योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाइ १९ करोड ऋण झिकियो

काठमाडौं । नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण निकालेको अभियोगमा कुमारी बैंकका कर्जा अधिकृत सोनु ठाकुर पक्राउ परेका छन् ।

गायक योगेश्वर अमात्यको १२ बिघा जग्गाको नक्कली लालपुर्जा बनाइ कुमारी बैंकबाट १९ करोड कर्जा प्रवाह गरेको उजुरी परेपछि ठाकुर पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) मा अमात्यले बारा जिल्लामा रहेको १२ बिघा जग्गाको नक्कली लालपुर्जा निकालेर कर्जा दिएको भनी उजुरी दिएका थिए । कर्जा अधिकृत ठाकुरसँगै धितो मूल्यांकनकर्ता राजेश चौरासिया पनि पक्राउ परेका छन् ।

बैंकको कर्जा अधिकृतको मिलेमतोमा नै कर्जा प्रभाव भएकोले अनुसन्धान भइरहेको सीआईबी स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर