नौ इजलासमा बन्दी प्रत्यक्षीकरणका १५ मुद्दा, वकिलहरू धर्नामै – Nepal Press

नौ इजलासमा बन्दी प्रत्यक्षीकरणका १५ मुद्दा, वकिलहरू धर्नामै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज बन्दी प्रत्यक्षीकरणका मात्रै इजलास तोकेका छन् । प्रधानन्यायाधीश राणाले ९ वटा इजलासमा १५ जना न्यायाधीशलाई बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा तोकेका हुन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेर्ने गरेका छैनन् । आज डा. कुमार चुडाल र तेजबहादुर केसीलाई एकल इजलास तोकिएको छ भने अन्य न्यायाधीशहरूलाई संयुक्त इजलासमा राखिएको छ । हरेक इजलासमा १-१ मुद्दा तोकिएको छ ।

यसैबीच, आन्दोलनरत कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना जारी राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर