सिंहदरबारभित्र राष्ट्रियसभा उपाध्यक्षको कार्यकक्षमै बन्दूक पड्कियो – Nepal Press

सिंहदरबारभित्र राष्ट्रियसभा उपाध्यक्षको कार्यकक्षमै बन्दूक पड्कियो

पीएसओलाई फिर्ता बोलाइयो

काठमाडौं । सिंहदरबारमा बन्दुक पड्किएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली पड्केको बताइएको छ । के कसरी गोली पड्क्यो भन्ने बिषयमा खुलिसकेको छैन । तर, भारतीले पेस्तोल चलाइरहेका बेला एक्कासी गोली चलेको उपाध्यक्ष दाहाललको सचिवालयले जनाएको छ ।

‘दिउँसो उपाध्यक्षको कार्यकक्षमा बसेको बेला गोली चलेको हो’, सचिवालयले भन्यो, ‘चलाउदै गर्दा पड्किएको हो । गोली कोही कसैलाई पनि लागेको छैन ।’

भारतीको भनाइलाई उदृत गर्दै सचिवालय स्रोतले भन्यो ‘नयाँ पेस्तोल बोकेको थिएँ । रजिष्ट्रेशन नम्बर टिपाउन खोज्दा पड्किएको हो ।’ पेस्तोल पड्किएलगत्तै सुरक्षा निर्देशनालयले पीएसओ भारतीलाई फिर्ता बोलाइसकेको छ ।’

नेपाल प्रहरीको सिंहदरबार सुरक्षा इकाइले के कसरी गोली चलेको भन्ने विषयमा सोधपुछ तथा अनुसन्धान गरिरहेको जनाइएको छ । यसैबीच थप सोधपुछका लागि पीएसओ भारतीलाई फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ ।

भारती करिव तीन महिनाअघि दाहालको पीएसओ नियुक्त भएकी थिइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *