प्रधानन्यायाधीश इजलासमा, न्यायाधीशहरू बैठकमा – Nepal Press

प्रधानन्यायाधीश इजलासमा, न्यायाधीशहरू बैठकमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा इजलासमा उपस्थित भएका छन् ।

राणाले आज एकल इजलासमा ५ र संवैधानिक इजलासमा एक मुद्दा तोकेका छन् । संवैधानिक इजलासमा रहेका राणाबाहेकका न्यायाधीशहरू इजलासमा बस्ने सम्भावना न्यून रहेको छ । सर्वोच्च अदालतका १४ जना न्यायाधीशले राणालाई राजीनामा दिन सुझाव दिँदै बेन्च बहिष्कार गर्दै आएका छन् ।

न्यायाधीशरूको बहिष्कारका बावजुद राणाले इजलास तोक्दै आएका छन् । संवैधानिक इजलास नबसे पनि राणाले एकल इजलासमा रहेका मुद्दाको सुनुवाइ थालेका छन् । अर्कोतिर सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठक पनि सुरू भएको छ ।

प्रधानन्यायाधीश राणाले राजीनामा दिन अस्वीकार गरिसकेकोले अब के गर्ने ? भन्नेबारे धारणा बनाउन न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर