एनजिओ फेडरेशनका केन्द्रीय अध्यक्ष एमाले पालिकाको नेतृत्वमा, काभ्रेका कुन पालिकामा को अध्यक्ष ? (सूचीसहित) – Nepal Press

एनजिओ फेडरेशनका केन्द्रीय अध्यक्ष एमाले पालिकाको नेतृत्वमा, काभ्रेका कुन पालिकामा को अध्यक्ष ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको मंगलबार सम्पन्न काभ्रेपालाञ्चोकका ९ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । १३ स्थानीय तह रहेको काभ्रेका चार स्थानीय तहमा भने अधिवेशन हुन बाँकी छ ।

काभ्रेमा अधिवेशन सम्पन्न स्थानीय तहको एमाले नेतृत्वमा गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष जितराम लामादेखि पत्रकार महासंघ वागमती प्रदेशका पूर्वसचिव सुरेश हुमागाईंसम्म आएका छन् ।

लामा चौरी देउराली गाउँपालिकाको एमाले अध्यक्षमा चयन भएका हुन् भने हुमागाईं पनौती नगरपालिकाको अध्यक्ष भएका हुन् ।

त्यस्तै धुलिखेल नगरपालिकाको एमाले अध्यक्षमा पत्रकार महासंघको गत चैतमा सम्पन्न अधिवेशनमा प्रदेश सचिवका उम्मेदवार भएका दयाराम महत चुनिएका छन् ।

हेर्नुहोस्, काभ्रेका नौ पालिकाको एमाले नेतृत्वमा को–को आए ?

 

१. पनौती नगरपालिका– . सुरेश हुमागाइ
२. धुलिखेल नगरपालिका– दयाराम महत
३. पाँचखाल नगरपालिका– विष्णु पौडेले
४. चौरी देउराली गाउँपालिका– जितराम लामा
५. महाभारत गाउँपालिका– जगत मोक्तान
६. भुम्लु गाउँपालिका– .कृष्णमान तामाङ
७. तेमाल गाउँपालिका–. इन्द्रमान तामाङ
८. बनेपा नगरपालिका – . रत्नकुश रन्जित
९. मण्डनदेउपुर– शेरबहादुर डोटेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर